मुम्बई : पछिल्लो समय महिलाहरू विवाहको मामिलामा उदार हुँदै गएका छन्। कुनै बेला सन्तान जन्माउन बिहे जरुरी ठान्ने सामाजिक मान्यता बिस्तारै भत्कँदै छ। बेलाबेला बलिउडमा नायिकाहरू बिहे अगाडि नै आमा बन्न लागेको खबर बाहिरिने गर्छ।
केही समयअघि बलिउड नायिका एमी ज्याकसनले बिहे नगरी आफू आमा बन्न लागेको खुलासा गरेकी थिइन्। मोडल तथा नायिका बु्रना अब्दुल्लाह पनि बिहे नगरी आमा बन्न लागेको खबर बाहिरिएको छ। बु्रना बाज्रिलियन मोडल हुन्।
उनले ग्रान्ड मस्ती, हेट लभ स्टोरी, क्यास, जय हो, देशी ब्वाइज, मस्तिजादेलगायतका हिन्दी फिल्ममा अभिनय गरिसकेकी छन्। यसका साथै विभिन्न रियालिटी सो, कमेडी क्लासमा पनि काम गरेकी छन्। बु्रनाले गत जुलाईमा बेलायती पे्रमी एलान फ्रेजरसँग इन्गेजमेन्ट गरेकी हुन्।
बनाले आफू प्रेमीसँग निकै खुसी रहेको बताउँदै सन्तान जन्माउन बिहेभन्दा पनि आपसी समझदारी चाहिने बताएकी छन्। उनी भन्छिन्, ‘विवाह प्रेमीलाई दिइने प्रमाणपत्र मात्रै भएकाले बच्चा जन्माउनुमा बिहे हुनु र नहुनुले असर पार्दैन। हाल उनी पाँच महिनाकी गर्भवती छन्।
Recent Comments