काठमाडाैँ, २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले सुरुदेखि नै प्रभावकारी काम गर्दै आएकाे बताउनुभएकाे छ ।आर्थिक वर्ष २०७७/७८ को बजेटमाथि उठेको प्रश्नको जवाफ दिने क्रममा संसदमा सम्बाेधन गर्दै उहाँले यतिबेला सरकारकाे बजेट र नीति तथा कार्यक्रम पनि कोरोना भाइरसबाट प्रभावित रहेकाे बताउनुभयाे ।उहाँले यो सबैले भो’ग्नुपरेको साझा समस्य रहेकाे बताउँदै भन्नुभयाे, ‘सबैको साझा शत्रु हो । हामीले यसको स’मना गरिरहँदा यस विषयमा सबै नेपाली एउटा सि’पाही हो ।
यस्तो बेला हामीले कसैको सुझावलाई पनि नकारात्मक रुपमा लिनुपर्ने छैन । विश्वकै शक्तिशाली देशहरु पनि यस म’हामारीबाट अछुतो छैनन् ।’तर नेपालमा धेरै राम्राे प्रयास भएकाे उहाँकाे दा’बी छ । ‘यद्यपि हामीले यसकाे शत प्रतिशत नियन्त्रण गर्न चु’क्याैँ हाेला ।छापावाल सुनले पनि ९९ प्रतिशको ग्यारेन्टी गर्छ उसले तर १०० प्रतिशत भन्दैन । १०० प्रतिशत गाह्रो कुरा हो । हाम्रा प्रयासहरु पनि १०० प्रतिशत सफल छन् म भन्दिँन । कमीहरु हुन सक्छ,’ उहाँले भन्नुभयाे, ‘तर हाम्रा प्रयाहरु प्रभावकारी भएकै कारण अ’रुतिरविकराल रुप लिँदा पनि हाम्रोमा ९ बाट १० पुग्न सकेको थिएन, संक्रमितको संख्या ।’
दुनियाँमा मृ’त्यु हुनेको संख्या भ’यावह स्थितिमा हुँदा पनि नेपालमा मृ’त्यु हुनेको संख्या एक पनि नरहेकाे भन्दै प्रधानमन्त्रीले भन्नुभयाे, ‘म कसैलाई दो’ष दिन चाहन्नँ । तर हाम्रो तयारी कस्तो थियो त ? हाम्रो स्वास्थ्य स्थिति कस्तो थियो ? पहिलो कोरोना भाइरसको पीसीआर टेस्ट गर्न हामीले हङकङ पठाएका थियौँ ।’सुरुमा नेपालले नमूना परीक्षणका लागि हङकङ पठाउनु परेको भए पनि अहिले मुलुकमै २१ वटा पीसीआर टेस्ट मे’सिनहरु रहेकाे उहाँकाे भनाइ छ । केही केही ठाउँमा व्यवस्थापनको कमजाेरी देखिएकाे पनि उहाँले बताउनुभयाे ।
Recent Comments