हाम्रो देश
१० जेष्ठ २०७९, मङ्गलवार

चीनमा अब औषधिका लागि सालकको प्रयोग नहुने, तस्करीमा कमी आउने अपेक्षा

चीनमा अब औषधिका लागि सालकको प्रयोग नहुने भएको छ। पर्यावरण पत्रकार हेलेन ब्रिग्सले बीबीसीमा लेखे अनुसार चीनले आफ्नो परम्परातगत चिनियाँ चिकित्साको आधिकारिक सूचीबाट सालकलाई हटाइदिएको हो।

यसकारण अब सालकको शिकारमा कमी आउने अपेक्षा गरिएको छ। चीनको हेल्थ टाइम्स न्यूज पेपरका अनुसार चीनले वन्यजन्तुको संरक्षणको प्रयास बढाइरहेका बेला यो फैसला आएको हो।

विश्वमा नै सालकको अधिक तस्करी हुने गर्दछ। यसकारण यो जीवका आठ वटै प्रजातिलाई लोपोन्मूखमा सूचीकृत गरिएको छ। चीनकाे याे कदमकाे विश्वका संरक्षणकर्मीले स्वागत गरेका छन्।