हाम्रो देश
१० जेष्ठ २०७९, मङ्गलवार

कुवेतबाट मातृभुमि आइपुगे नेपालीहरु

काठमाडौं, कुवेतमा आ’ममाफी पाएर आ’श्रय क्या’म्पमा बसिरहेका नेपाली महिलाहरु आज काठमाडौं आइपुगेका छन् । उनीहरु केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओ’र्लिएका छन् ।‘विमानमा रहेका भनेर १५० जनाको विवरण टि’पाइएको छ,’ विमानस्थल स्रोतले भन्यो, ‘विमानबाट ओर्लिएपछि संख्या यकिन हुने छ ।’ उनीहरुलाई कुवेतले नै काठमाडौं ल्याइदिएको हो ।

कुवेतबाट नै अर्को एउटा फ्ला’इटबाट पनि बिहीबारै नेपालीहरु काठमाडौं आउँदैछन् । अर्को हवाई जहाज दिउँसो करिब दुई बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने बताइएको छ ।

बुधबार नै उनीहरू आउने भनिए पनि कुवेतको र नेपालको समयतालिका नमिलेपछि र’द्द भएको थियो ।कुवेतले रातमा पठाउने भने पनि यहाँ रातमा व्यवस्थापन गर्न क’ठिनाइ हुने भएकाले समय मिलाउन क’ठिन भएको थियो । काठमाडौं आएका उनीहरुको सामान्य स्वाथ्य जाँच गरी सम्वन्धित प्रदेशमा पठाइने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए। कुवेत सरकारले आफ्नै खर्चमा विमान चार्टर गरी उनीहरुलाई नेपाल पठाएको हो।