हाम्रो देश
८ कार्तिक २०७७, शनिवार

हाम्रो बारेमा

प्रिय पाठकहरु,
आजदेखि हामी हाम्रोदेस डटकम नयाँ सज्जासहित हाजिर भएका छौं ।

सन् २००६  नोभेम्वर १ देखि सुरु भएको हाम्रोदेस डटकमले यसवीचमा तपाइहरुको सुझाव सल्लाह बमोजिम आफुलाई परिस्कृत गर्दै आएको छ । फेरिएको समय र पाठकको  रुचीलाई ख्याल गर्दै साइटको प्रस्तुतीमा समेत नयाँपन दिने प्रयास गरेका छौं ।

कुनै बिशेष अबसर पारेर पाठकसंग प्रतिवद्धताको पोको फुकाउने योजनामा छैनौं, हामी आश्वस्त पार्न चाहान्छौं, हरपल ताजा खबर दिन हामी हिजोभन्दा जिम्मेवारीका साथ खटिने छौं ।

अनलाइन माध्यमको मुख्य बिशेषता ‘अन्तरक्रिया’ नै हो । यो प्रकृयामा सहयोग पुगोस भनेर हामीले पाठकका प्रतिक्रिया र सुझावलाई तुरुन्तै प्रकाशन गर्ने ब्यवस्था गरेका छौं। साथै अक्षर र तस्वीरमा मात्र सिमित हाम्रा खबरलाई श्रब्यदृष्य माध्यमवाट समेत उपलब्ध गराउन थालेका छौं ।

नयाँ बर्ष देखि हाम्रो प्रकाशन संस्थासमेत फेरिएको छ । रोजबड इन्फोटेकमा निहित हाम्रोदेस डटकम स्वामित्व हाम्रोदेस डटकम नेपाल प्रालिले लिएको छ भने हाम्रोदेस डटकम पार्टनरसिप अमेरिका यसको साझेदार भएको छ ।

नेपालको खबर नेपाल बाहिर वस्ने नेपालीलाई पस्कने हाम्रो सुरुवाती उदेश्यमा अहिलेसम्म पनि परिवर्तन भएको छैन् । यद्यपी गत दुई बर्षमा मुलुकभित्र थपिएका इन्टरनेट प्रयोगकर्ता र उहाँहरुको रुचीलाई पनि महत्वपूर्ण ठानेका छौं । इन्टरनेटको पहुँच नभएका पाठकले समेत ताजा खबरबाट टाढिनु नपरोस भनी टेलिफोनबाट समाचार सुन्ने सेवा ‘टेली न्यूज’ पनि आजैदेखि सुरु गरेका छौं ।
यहाँहरुवाट निरन्तर सुझाव, सल्लाह र प्रतिक्रियाको आशा सहित,

सम्पादक

प्रतिकृया दिनुहोस्