काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा २ जना सदस्य थप भएका छन् । केन्द्रीय कार्यालयले गरेको निर्णयअनुसार कोशी प्रदेशको सभामुखबाट राजीनामा दिएर मन्त्री बनेका बाबुराम गौतम र सप्तरीका अशोक कुमार मण्डल केन्द्रीय सदस्य मनोनीत भएका हुन् ।
गाैतम र मण्डललाई केन्द्रीय सदस्य मनाेनीत गरिएकाे कोषाध्यक्ष श्रीराम ढकालले बताए । यससँगै अब माओवादी केन्द्रीय सदस्यको संख्या ४१० नाघेको छ ।
हालै बसेको केन्द्रीय कमीटीको बैठकले विधानअनुसार महिलाको कोटा पुर्याउनको लागि २२ जना केन्द्रीय सदस्य थप गरेको थियो ।