प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

२०८० भाद्र १, शुक्रबार

काठमाडाैं : प्रधान सेनापति प्रभुराम शर्माले सहायक रथी गणेश कुमार श्रेष्ठलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

 शुक्रबार जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमकाबीच उनलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

उनी श्रावण ३० गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका थिए । हाल निमित्त कार्यरथीको रुपमा कार्यरत उपरथी श्रेष्ठ पदोन्नतिसँगै कार्यरथीमा नियुक्त भएका छन् । दर्ज्यानी चिन्ह प्रदान गर्न आयोजित कार्यक्रममा बलाध्यक्ष रथी सिताराम खड्कालगायतको उपस्थिति रहेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार