डडेल्धुरा : डडेल्धुराको आलितालमा बेहोस अवस्थामा फेला परेका व्यक्तिको मृत्यु भएको छ। आलिताल गाउँपालिका–८ को घुम्ती नजिक डोला गाउँ जाने बाटोमा ५५ वर्षका आलिताल ७ बस्ने रामदत्त भट्ट शुक्रबार बेहोस अवस्थामा फेला परेका थिए।
उनलाई उपचारका लागि जोगबुडा अस्पताल पुर्याइएको थियो। जोगबुडा अस्पतालमा उपचारका क्रममा उनकाे मृत्यु भएकाे हाे। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ ।