प्रदेशसभा सदस्यको मूल्याङ्कन गर्दै जनमत पार्टी

२०८० भाद्र २, शनिबार

काठमाडौँ: जनमत पार्टीले स्थानीय प्रदेशसभा सदस्यहरुको मूल्याङ्कनका लागि आज मतदान गराउँदैछ ।

जनमत पार्टीबाट निर्वाचित १६ प्रदेशसभा सदस्यकै निर्वाचन क्षेत्रमा मतदानमार्फत अनुमोदन मूल्याङ्कन भइरहेको सो पार्टीका सचिव बीपि साहले जानकारी दिए । उनिका अनुसार प्रत्यक्ष तथा समानुपातिकसहित सबै प्रदेशसभा सदस्यको क्षेत्रमा आज बिहान १० बजेदेखि मतदान सुरु भएको हो । जनमत पार्टीका प्रदेशसभा सदस्यले राम्रो काम गरेको वा नगरेको मूल्याङ्कन पार्टीका नेता तथा कार्यकर्ताले मतदानमार्फत गर्दैछन् ।

‘राइट टु रिकल’को प्रावधान राखेको जनमत पार्टीले आफ्ना जनप्रतिनिधिले जनताको चाहना अनुसार काम गरेको वा नगरेको मूल्याङ्कनका लागि पहिलो पटक अनुमोदन मूल्याङ्कन गर्दैछ । “सोह्रवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकारी खटाइएका छन् । साँझ ५ बजेसम्म मतदानको व्यवस्था गरिएको छ”, सचिव साहले भन्नुभयो । पचास प्रतिशतभन्दा कम मत ल्याउनेमाथि ‘राइट टु रिकल’को प्रक्रिया सुरु हुने उनिको भनाइ छ ।

आज भइरहेको मतदान राइट टु रिकलको एउटा प्रक्रिया हो । यसमा फेल हुने सांसदमाथि कारवाही प्रक्रिया सुरु हुनेछ”। सचिव साहले भने – “यो पहिलो वर्ष भएकाले अहिले नै हटाइ हाल्ने त होइन,तर यो मतदानको परिणामले ठूलो महत्व राख्छ ।”

जनमत पार्टीले यसअघि आफ्ना निर्वाचित स्थानीय जनप्रतिनिधिको पनि अनुमोदन मूल्याङ्कन गराएको थियो । यस क्रममा २१ जनप्रतिनिधि उत्तिर्ण तथा एक जना अनुत्तिर्ण भएको सो पार्टीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार