नेप्से २०२९.७८ विन्दुमा, ४० कारोबार दिनपछिको उच्च कारोबार

२०८० आश्विन ४, बिहीबार

काठमाडौँ : साताको अन्तिम कारोबार दिन (बिहीबार) नेपाल स्टक एक्सचेञ्ज नेप्से ४४.३४ अंकले बढेको छ।

आज नेप्से ४४.३४ अंकले बढेर २०२९.७८ विन्दुमा पुगेको हो। नेप्से बढेसँगै कारोबारमा समेत वृद्धि भएको छ।

आज नेप्सेमा ३ अर्ब २९ करोडको कारोबार भएको छ। उक्त कारोबार रकम पछिल्लो ४० कारोबार दिन मध्येको उच्च हो। अघिल्लो कारोबार दिन नेप्सेमा १ अर्ब १४ करोडको कारोबार भएको थियो।

मार्जिन प्रकृतिको सेयर धितो कर्जाको एक ग्राहक सिमा १२ करोड परिमार्जन हुने चर्चा चलेसँगै सेयरबजारमा उछाल आएको हो। बजार बढेसँगै कारोबारमा आएमध्ये २१७ कम्पनीको सेयरमूल्य समेत बढेको छ। त्यसैगरी ११ कम्पनीको सेयरमूल्य घट्दा २ कम्पनीको स्थिर नै देखिएको छ।

आज अधिकांश हाइड्रोपावर कम्पनीको सेयरमूल्यमा उछाल आएको छ। आज नेप्से कारोबारमा आएका चार कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।

नेशनल हाइड्रोपावर, दिब्यश्वरी हाइड्रोपावर, हिमालय दोलखा हाइड्रोपावर र स्वाभिमान लघुवित्तको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।

नेप्सेमा सन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक २० करोड १८ लाखको कारोबार भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार