अख्तियारले भ्रष्टाचारमा मुद्दा चलाएका कृष्ण बस्नेत रसुवा भन्सारकाे प्रमुख बन्दै ?

२०८० आश्विन १२, शुक्रबार

काठमाडाैं : भन्सार, राजश्वकाे लक्ष हासिल नभए पनि भन्सार छलेर, राजश्व मारेर शक्ति केन्द्रका व्यक्तिहरू मालामाल हुन चलखेल गर्ने र खाेका बुझाएर दाम कमाउने भन्सारकाे प्रमुख हुने दाैडमा लागेकाे अर्थ मन्त्रालय स्राेतले बताएकाेछ ।

२०८० दशैं तिहारकाे छेकाेमा अहिले रसुवा भन्सारबाट चिनिया माल, सामानहरू आयातकाे भाेलुम बढिरहेकाे स्राेत बताउछ । दैनिक ३०/४० कन्टेनर सामान आयात भइरहेकाे स्राेत बताउछ । हाल २०० प्रतिशत लक्ष वृद्धि गरेर दैनिक राजश्व रू. १४/१५ कराेड भन्सार शुल्क असुल भइरहेकाे स्राेतकाे दावी छ ।

चिनिया माल, सामानहरू आयातकाे भाेलुम रसुवा भन्सारमा बढेपछि व्यापारीहरूकाे चलखेल पनि बढिरहेकाे छ । दशैंकाे मुखमा भन्सार शुल्क मारेर मालामाल हुन चाहने अर्थ मन्त्रालय र त्यस अन्तरगतका उपसचिवहरूले रसुवा भन्सार ताकिरहेकाे स्राेत बताउछ ।

अर्थ मन्त्रालय स्राेतका अनुसार, लगभग चार महिना अघि रसुवा भन्सारकाे प्रमुख भएर गएका र राम्रै काम गरिरहेका उपसचिव राम प्रसाद पाठकलाई अर्थमन्त्री प्रकाश शरण महतले लखेट्ने भएका छन् ।

राम प्रसाद पाठकलाई लखेटेर विराटनगर भन्सार प्रमुख भएर अकुत सम्पत्ति आर्जन गरेकाे आराेपमा अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगले मुद्दा चलाएपछि निलम्बन परेका उपसचिव कृष्ण बस्नेत जाने भएका छन् । बस्नेत हाल भन्सार विभागमा रहेका छन् ।

उपसिचव कृष्ण बस्नेतविरूद्ध अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगले भ्रष्टाचारमा मुद्दा चलाए पनि उनले विशेष अदालतबाट छुटकारा पाएका थिए ।

जहिले पनि शक्ति केन्द्रलाई खुसी बनाएर मालदार भन्सारकाे प्रमुख बन्न सफल हुँदै आएका उपसिचव कृष्ण बस्नेतले यस पटक पनि शक्ति केन्द्रलाई रिझाएर तीन महिना मात्रै रसुवा प्रमुख भएर अर्काे हप्ता जाने पक्कापक्की भएकाे अर्थ मन्त्रालय स्राेतबाट थाहा भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार