सहकारीको तीन करोड ठगी गर्ने सहकारीका प्रबन्धक पक्राउ

२०८० आश्विन १२, शुक्रबार

तनहुँ : तनहुँ प्रहरीले सहकारीको झन्डै तीन करोड रुपियाँ ठगी गरेको आरोप लागेका तनहुँको एक सहकारीका प्रबन्धकलाई बिहीबार पक्राउ गरेको छ ।

तनहुँको  भिमाद नगरपालिका–९ सखेपमा रहेको भानुमति साना किसान कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धक ५२ वर्षीय चुत्रबहादुर थापालाई पक्राउ गरेको हो ।  भिमाद नगरपालिका–९ कटनछाप बस्ने थापाले विभिन्न मितिमा संस्थाको सेयर रकम, बचत रकम र एक सय ३० जना सेयर सदस्यको नाममा काल्पनिक ऋण (कर्जा) जनाई रकम हिनामिना गरेको उजुरी परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए।

थापाले संस्थाको दुई करोड ६९ लाख ७१ हजार नौ सय ६६  रुपियाँ हिनामिना गरेको भनी निजको विरुद्धमा जाहेरी दरखास्त दिएको पक्राउ गरिएको प्रनाउ खाँडले बताए ।  तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार