सोनामले ल्यायो ७० प्रतिशतसम्मको छुट अफर योजना

२०८० आश्विन १२, शुक्रबार

काठमाडौं : सोनाम ब्रान्डले चाडपर्व लक्षित विशेष अफर योजना सार्वजनिक गरेको छ । कम्पनीले असोज ११ गतेदेखि असोज २७ गतेसम्म ‘यसपालिको चाड, सोनामको साथ’ नामक योजना सार्वजनिक गरेको हो ।

योजनाअन्तर्गत कम्पनीले व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग हुने उच्च गुणस्तरीय आफ्ना विभिन्न उत्पादनमा विशेष छुट घोषणा गरेको छ । कम्पनीले अफरमा छानिएका वस्तुमा ७० प्रतिशतसम्म छुट पाइने जनाएको छ । विशेष छुट कम्पनीका सबै आउटलेटमा लागु गरिएको छ ।

सोनाम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोसाक, टेन्ट, ब्यागलगायत उत्पादन छन् ।

राजधानी काठमाडौं उपत्यकामा ठमेलको क्वाबहाल, ठमेलकै छायाँ सेन्टर, ललितपुरको जावलाखेल कुमारीपाटी, कमलपोखरीको सिटी सेन्टर, टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिल मल, बालाजुको बीजी मल, जडिबुटी चोक, चितवनको सिजी ल्यान्डमार्क, सुनसरीको धरान पुतली लाइन, पोखराको लेकसाइड र न्यूरोड तथा बुटवल र सुर्खेतमा सोनामका सोरुम छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार