पोखराको फुस्रे खोलामा अड्किएको अवस्थामा १४ वर्षीय बालकको शव फेला

२०८० आश्विन १४, आईतवार

काठमाडौं : कास्कीको पोखरास्थित फुस्रे खोलामा १ जनाको शव फेला परेको छ। मृत फेला पर्नेमा पोखरा महानगरपालिका–१७ बिरौटा हनुमान टोलमा बस्ने १४ वर्षीय क्षितिज बस्याल रहेका प्रहरीले जनाएको छ।

पोखरा महानगरपालिका–१७ फुस्रे खोलामा अड्किएको अवस्थामा १ जनाको शव भेटिएको भन्दै स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए। स्थानीयको सूचनापछि वडा प्रहरी कार्यालय बैदानमबाट खटिएको प्रहरी टोलीले शव निकालेर परीक्षणका लागि गण्डकी अस्पतालमा लगेको थियो।

अस्पताल पुर्‍याएर सनाखत गर्ने क्रममा उक्त शव १४ वर्षीय क्षितिजको भएको पत्ता लागेको हो। क्षितिजकी ठूली आमाले सनाखत गरेकी छन्। १४ वर्षीया क्षितिजका आमा–बुवा विदेशमा बस्दै आएका खुलेको छ। उनी बिरौटामा ठूली आमासँग बस्दै आएका थिए। उनको मृत्युको कारण भने खुलेको छैन। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार