बैतडीमा भिरबाट लडेर १८ वर्षीया किशोरीको मृत्यु

२०८० आश्विन १४, आईतवार

बैतडी : भिरबाट लडेर बैतडीमा १८ वर्षीया किशोरीको मृत्यु भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका –१ गोरङकी १८ वर्षीया सुमिता बिष्टको शनिबार भिरबाट लडेर मृत्यु भएको हो।

शनिबार अपराह्न ५ बजे खर काट्ने क्रममा पिनेखोला भन्ने भिरबाट लडेर सुमिताको ज्यान गएको स्थानीयले बताएका छन्। भिरबाट लडेर किशोरीको घटनास्थलमै मृत्यु भएको बताइएको छ। किशोरी स्थायनीय श्री पञ्चदेव माध्यमिक विद्यालय रिममा कक्षा १२ मा अध्ययनरत थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार