
स्याङ्जा : जाजरकोटको रामीडाँडाको भूकम्पको धक्काबाट अवरुद्ध अर्जुन चौपारि १ सडक पाँच दिन खुल्ला यात्रुले सास्ती भोग्नु परेको छ । भूकम्पको धक्काबाट अवरुद्ध सडक गोल्डेन गुड बानियाँ जेभिको लापरवाहीका कारण पाँच दिन देखि खुल्न नसकेको हो ।
अर्जुन चौपारि हेलु सडकको माटेथरमा खण्डमा भूकम्पको कम्पनले बाटो माथिबाट सुक्खा पहिरो जाँदा अवरुद्ध भएको थियो । बाटो कालोपत्रे गर्ने क्रममा हल्लिएको भित्ता भूकम्पको कम्पनले गत १७ गते रातीबाट अवरुद्ध भए पनि निर्माण व्यवसायीले बाहानबाजी गर्दै खोल्न नचाहेको हो ।
चर्केका कारण फेरी ढुङ्गा खस्ने भन्दै जोखिम मोलेर सडक खोल्न नसकिने बताउँदै निर्माण व्यवसायीका इन्जिनियर धमेन्द्र ठाकुरले मिलाएर बाटो खोल्ने बताए । पर्वत जिल्लासँग जोडिएको सडक अवरुद्ध हुँदा यहाँका सवारीसाधन जोखिम मोलेर दरौँ खोलाको बाटो हिडन बाध्य भएका छन् । ढुङ्गा र माटोले करिब तीस मिटर बाटो अवरुद्ध भएको बताउँदै स्थानीय अर्जुन गोदारले एक घण्टामा खोल्ने बाट पाँच दिन सम्म नखुल्नु चरम लापरबाही भएको बताए।
बाटो नखुल्दा एम्बुलेन्सले समेत वैकल्पिक बाटो खोच्नु परेको छ भने अवरुद्ध सडकका कारण बिरामीले जोखिम मोल्नु परेको छ । निर्माण कम्पनीले अर्जुन चौपारि सडक पूर्वाधार विकास कार्यालय स्याङ्जासँग पटक पटक म्याद थपेर काम आएको छ । तोकिएको मितिमा काम सक्न पर्ने सरकारको नीति रहे पनि २०७६ पुस १६ गते तीन वर्षमा काम सक्ने गरी सम्झौता अगाडी बढाएकोमा अझै सम्म सम्पन्न हुने सकको छैन ।
साढे छ किलोमिटर लम्बाई र नाला सहित साढे सात मिटर चौडा सडकलाई कालोपत्रे गर्ने गरी ११ करोड ९७ हजार ९२५ रुपियाँ १३ पैसामा निर्माण कम्पनीले सम्झौता गरेको थियो । निर्माण कम्पनीले ठेक्का १८ करोड रुपियाँको ३८.८३ प्रतिशत रकम छोडेर सम्झौता गरेको थियो ।