मादक पदार्थ सेवन गरी एम्बुलेन्स चलाउने चालक प्रहरी नियन्त्रणमा

२०८० कार्तिक २२, बुधबार

तनहुँ : मादक पदार्थ सेवन गरी एम्बुलेन्स चलाउने चालकलाई गोरखा प्रहरीले नियन्त्रणमा लिएको छ ।

गोरखाको गोरखा नगरपालिका–८ प्रतीक्षालय स्थित सडक खण्डमा सोही ठाउँ नजिकैको आहाले बस्ने वर्ष ६० को हरिशरण गोदारलाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए । गोदारले चलाएको ग. २ च. ७४९४ नं।को एम्बुलेन्सले विपरीत दिशाबाट आएको ना. ५ च. २४५४ नं.को बलेरो जिपलाई सोमबार ठक्कर दिई दुर्घटना उहाँले जानकारी दिए ।  एम्बुलेन्स चालक गोदारले अत्यधिक मात्रामा मादक पदार्थ सेवन गरी सवारी चलाएको खुल्न आएको तथा सोधपुछको क्रममा बलेरो जिप चालक विकास भट्टलाई धाक–धम्की दिई अभद्र व्यवहार गरेकोले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

घटनामा जाहेरी दरखास्त प्राप्त भई मादक पदार्थ सेवन गरी सवारी दुर्घटना गराउने र अभद्र व्यवहार गर्ने गोदारलाई पक्राउ गरी मङ्गलबार निज विरुद्ध सार्वजनिक हित विरुद्धको कसुर शीर्षकमा मुद्दा दर्ता गरी घटनाको थप अनुसन्धान कार्य भइरहेको प्रनाउ श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार