
काठमाडौं : बुधबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले घटेको छ । मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १५ हजार रुपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले घटेर १ लाख १४ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख १४ हजार १५० रुपैयाँ कायम भएको छ ।
मंगलबार चाँदीको मूल्य प्रतितोला १४ सय ५ रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले घटेर १३ सय ८५ रूपैयाँ कायम कायम भएको छ ।