काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य २ सय रूर्पैयाँले बढेको छ । सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले बढेर १ लाख १८ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँ कायम भएको छ ।
सोमबार चाँदीको मूल्य प्रतितोला १४ सय ५५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १४ सय ५० रूपैयाँ कायम भएको छ ।