भारतमा चिनीको उत्पादन घट्यो

२०८० पुष ३, मंगलवार

नयाँ दिल्ली : भारतमा चिनीको उत्पादन घटेको छ । गत वर्षको सोही अवधिको तुलनामा डिसेम्बर १५ सम्मको अवधिमा चिनीको उत्पादन १० प्रतिशतभन्दा धेरैले घटेको भारतीय चिनी मिल एसोसिएसन (इस्मा)ले भनेको छ ।

डिसेम्बर १५ सम्मको अवधिमा भारतमा कूल ७४ लाख ५ हजार टन चिनी उत्पादन भएको छ । यो एक वर्ष अघिको तुलनामा १० दशमलव ७ प्रतिशत कम हो । गएको वर्षको सोही अवधिमा ८२ लाख ९५ हजार टन चिनी उत्पादन भएको थियो ।

२४ लाख २५ हजार टन सहित महाराष्ट्र शीर्ष स्थानमा छ । दोस्रो स्थानमा उत्तर प्रदेश र तेस्रोमा कर्णाटक रहेको इस्माले भनेको छ । यी दुई राज्यको चिनी उत्पादन क्रमशः २२ लाख ११ हजार टन र १६ लाख ९५ हजार टन रहेको छ । अल्प वर्षाका कारण चालु सिजनमा महाराष्ट्र र कर्णाटकको चिनी उत्पादन घट्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार