४५.९८ अंकले बढ्यो नेप्से परिसुचक

२०८० पुष ३, मंगलवार

काठमाडौँ : सेयर कारोबार मापक नेप्से परिसूचक ४५.९८ अंकले बढेर २१ सय अंक नाघेकाे छ । योसँगै समग्र नेप्से परिसूचक २ हजार १ सय ६. ४८ अंकमा अंकमा पुगेको हो ।

सोमबार २ हजार ६०.४९ अंकमा पुग्दा ६ अर्ब ८६ करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । मंगलबार ५ अर्ब ९८ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कुल ३१३ वटा कम्पनीमध्ये १८३ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने ५३ वटा कम्पनीको मूल्य घट्यो । ७ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

मंगलबार सबै उपसमुहको मूल्य बढ्दा होटल तथा पर्यटन र जीवन बिमामा लगानीकर्ताकाे आकर्षण रह्याे । होटल तथा पर्यटन ३९५.१८ अंकले बढ्यो । जीवन बिमा ३५०.५५, उत्पादन तथा प्रशोधन २५३.६६, निर्जीवन बिमा २२८ अंकले बढ्यो ।बोटलर्स नेपाल, मेरो माइक्रोफाइनान्स वित्तिय संस्था, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, शिवम् सिमेन्ट र नेपाल रिपब्लिक मिडियासहित १० वटा कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो ।

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले ७.२६ प्रतिशतले गुमाए । माथिल्लो मैलुङ खोला जलविद्युतले ४.९० प्रतिशतले गुमाए ।कारोबार रकमको आधारमा शिवम् सिमेन्ट, सोल्टी होटल, सोनापुर मिनरल्स अगाडि रहे । शिवम् सिमेन्टको ३७ करोड ४३ लाख रुपैयाँ, सोल्टी होटलको २८ करोड ७३ लाख रुपैयाँको कारोबार भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार