काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था स्थापना, हिन्दू राष्ट्र र प्रदेश खारेजीको माग गर्दै बृहत् आन्दोलन गर्ने निर्णय गरेको छ। काठमाडौंमा बसेको तीन दिने केन्द्रीय कार्यसमितिको बैठकले देशव्यापी आन्दोलन गर्ने निर्णय भएको अध्यक्ष राजेन्द्र लिङ्देनले बताए।
मुलुकको बिग्रदो अर्थतन्त्र, जनतामा देखिएको निराशा, चरम बेरोजगारी, आर्थिक मन्दीले किसान तथा उद्यमीहरूमाथिको बढ्दो ऋणभार, युवा शक्तिको विदेश पलायन, भष्ट्रचारलगायतका जनजीविकाका मुद्दा सम्बोधन गर्नुपर्ने मागसहित आन्दोलन घोषणा गरिएको उनले बताए।