दाम्लोमा बाँधेर राखिएका तीन जनाको उद्धार

२०८० पुष ९, सोमबार

धादिङ : दाम्लोले बाँधेर पशु सरह राखिएका धादिङका तीन  जनाको उद्धार गरिएको छ । मानवसेवा आश्रम काठमाडौँले  उनीहरुको उद्धार गरेको हो। ज्वालामुखी गाउँपालिका वडा नम्बर ५ का १४ वर्षीय रोशन गुरुङ र १७ वर्षीय सोमबहादुर  गुरुङलाई बाँधेर राखिएको थियो ।

मानव सेवा आश्रमले घरमै पुगेर उद्धार गरेपछि र  उपचार गरेपछि कहाँ कसरी राख्ने भन्नेबारे पछि छलफल गर्ने जानकारी दिएको छ । उनीहरुको उपचारका लागि परिवारका सदस्यलाई समेत साथै लगिएको छ । गंगाजमुना गाउँपालिका वडा नम्बर ३ पोखराका २० वर्षीय मदनकुमार तामाङको पनि उद्धार गरिएको छ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत र स्थानीय वडा अध्यक्षले उद्धार गरी मानव सेवा आश्रम लागेको  प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठले जानकारी दिए ।

मानसिक समस्या भोग्दै आएपछि उनीहरुलाई काममा जाँदा बाँधेर राख्ने गर्नु परेको परिवारको बाध्यता रहेको  बताएका थिए । उनीहरुको अवस्थाबारे बेखबर रहेको स्थानीय सरकार ज्वालामुखी गाउँपालिकामा जानकारी नै नभए जसरी बसेको छ । गंगाजमुना गाउँपालिकामा भने गाउँपालिकाको तर्फबाट उसको परिवारलाई समेत सहयोग उपलब्ध गराएर उद्धारमा सघाएको छ । गंगाजमुना गाउँपालिकाले नै मानवसेवा आश्रमसम्म परिवारको सदस्य समेत लिएर जाने व्यवस्था मिलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार