रानी महलबाट ८७ लाख राजश्व सङ्कलन

२०८० पुष १०, मंगलवार

पाल्पा : नेपालको ताज महलका नामले चिनिने रानी महल अवलोकनबाट रु ८७ लाख राजस्व सङ्कलन भएको छ ।

चालु गत आर्थिक वर्ष २०७९।०८० र चालु आर्थिक वर्ष २०८० र ०८१ को पाँच महिनामा आन्तरिक तथा बाह्य पर्यटक अवलोकनबाट तानसेन नगरपालिकाले सत्र महिनामा उक्त रकम सङ्कलन गरेको हो ।

पाल्पाको तानसेन नगरपालिकामा अवस्थित रानी महल पुरातत्त्व विभाग अन्तर्गत रहेको छ ।  विसं २०७५ साउनमा विभागले १० वर्षका लागि नगरपालिकालाई हस्तान्तरण गरेको थियो । नगरपालिकाले रानी महलको सरसफाइ, सौन्दर्यीकरण र व्यवस्थापन गर्दै आएको छ ।  रानी महल व्यवस्थित बनेपछि यहाँ आउने पर्यटकको घुइँचो लागेको र राजस्वमा वृद्धि भएको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिए ।

नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीका अनुसार साउनदेखि मङ्सिर सम्ममा ६० हजार बढी पर्यटकले रानी महलको अवलोकन गरेका छन् । दैनिक दुई सय बढी पर्यटक भित्रिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार