काठमाडौँ : काभ्रेको नमोबुद्ध नगरपालिका-१ मा गएराति सुतेकै ठाउँमा एक वृद्धको मृत्यु भएको छ।
नमोबुद्ध नगरपालिका- १ घर भएका ८२ वर्षीय कर्मा ग्याल्बो लामा आज बिहान ओछ्यानमै मृत फेला परेका हुन्।
गएराति आफ्नै घरको कोठामा विद्युतीय हिटर र कोइला बालेर पतिपत्नी सुतेका थिए। ग्याल्बोकी ८१ वर्षीया पत्नी असनी लामा बेहोस अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
आज बिहान अबेरसम्म पनि उनीहरु नउठेपछि छोरा बुहारीले ढोका खोलेर हेर्दा दुबैलाई बेहोस अवस्थामा फेला पारेका थिए। त्यसपछि छोराबुहारीले तत्कालै उनीहरुलाई धुलीखेल अस्पताल पुर्याएका थिए। अस्पताल पुर्याउनासाथ ल्याल्बोलाई चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
उनीहरुले चिसोबाट जोगिन हिटर र फलामको कराइमा आगो बालेर झ्याल ढोका बन्द गरि सुतेको पाइएको छ।
हिटर र फलामको कराइमा आगो बालेर झ्याल ढोका बन्द गरेर सुतेका उनीहरुको अक्सिजनको कमीले मृत्यु भएको अनुमान प्रहरीले गरेको छ।
बेहोस अवस्थामा अस्पताल पुर्याइएकी अननी लामाको अवस्था खतअवस्था मध्यम रहेको