सुनको मूल्य बढ्यो

२०८० पुष १०, मंगलवार

काठमाडौं : नेपाली बजारमा सुनको भाउ फेरि १ लाख २० हजार नाघेको छ। कारोबार साताको दोश्रो दिन स्थिर रहेको सुनको मूल्य कारोबार साताको तेश्रो दिन मंगलबार तोलामा ६०० बढेसँगै १ लाख २० हजार नाघेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १९ हजार ९०० रुपयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य १० रुपैयाँले बढेसँगै प्रतितोला १ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार