सन्तानको माग गर्दै लाखौं भक्तजन पुगे दुप्चेश्वर

२०८० पुष १०, मंगलवार

नुवाकोट : दोस्रो पशुपतिनाथको उपनामले प्रसिद्ध नुवाकोटको दुप्चेश्वरमा धान्यपूर्णिमाका अवसरमा लागेको मेलामा लाखौं भक्तजनले दूधको धारा चढाएका छन्।

निःसन्तानलाई सन्तान दिने जनविस्वासले प्रसिद्धि कमाएको दुप्चेश्वरमा यस वर्ष लागेको मेलामा लाखौं भक्तजनले सहभागिता जनाएका हुन्। मेलामा उत्साहपूर्वक रूपमा सर्वसाधारणले दुप्चेश्वर पुगेर पूजापाठसमेत गरेको निमित्त प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिए। साताव्यापी लागेको मेलामा हजारौ निःसन्तान दम्पत्तिले सन्तान प्राप्तिको माग गरेका छन्। मेलामा देश तथा विदेशबाट भक्तजन आएका थिए। सदरमुकाम विदुरदेखि ४५ किलोमिटर उत्तरमा रहेको दुप्चेश्वर गाउँपालिका-६ स्थित तादी खोलाको पूर्वी मोहडाको किनारामाथिको पहरोमा रहेको दुप्चेश्वरमा यस वर्षको मुख्य मेला मंगलबार दुप्चेश्वरलाई गाईको दूधका धारा चढाउँदै सम्पन्न भएको छ ।

भक्तजनले ‘जे माग्यो त्यो सिद्ध गराउने’ महादेवले सन्तानमध्ये पनि पुत्रलाभ गराउने विश्वास गरिँदै आएको छ। अविवाहितलाई जोडी प्राप्ति, पशुचौपाया नब्याएमा दाम्लो चढाएमा गर्भाधान, बोली नफुटेका बालबालिकालाई दर्शन गराएमा बोल्न सक्ने वरदान दिने भनेर दुप्चेश्वरको प्रख्याति छ। समुद्र मन्थन गर्दा निक्लिएको कालकूट विष सेवनपछि छट्पटिएका शिव पशुपतिनाथ हुँदै दुप्चेश्वरमा बास बसेर गोसाइँकुण्ड गएको किंवदन्ती पनि छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0

ताजा समाचार