यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

२०८० पुष ११, बुधबार

काठमाडौँ : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८२ पैसा र बिक्री दर १३३ रुपैयाँ ४२ पैसा रहेको छ । युरो एकको खरिद दर १४६ रुपैयाँ २७ पैसा र बिक्री दर १४६ रुपैयाँ ९४ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६१ पैसा र बिक्री दर १६९ रुपैयाँ ३७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६०  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार