इङ्ग्लिस प्रिमियर लिग : लिभरपुल शीर्ष स्थानमा उक्लियो

२०८० पुष ११, बुधबार

काठमाडौँ : लिभरपुल इङ्ग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गए राति भएको खेलमा बर्नलीलाई २–० गोलले हराउँदै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो ।

लिभरपुलका लागिडार्विन नुनेजले खेलको सुरुवाती छैटौँ मिनेटमा नै गोल गरी अग्रता दिलाएका थिए । त्यस्तै, खेलको अन्तिम समयमाडिएगो जोटाले गोल थपे । जितसँगै लिभरपुलले १९ खेलमा ४२ अङ्क जोडेको छ ।

दोस्रो स्थानमा रहेको आर्सनलको १८ खेलमा ४० अङ्क छ । लिभरपुलसँग पराजित बर्नली १९ खेलमा ११ अङ्कका साथ पुछारबाट दोस्रोमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार