नेपाल कम्युनिष्ट पार्टीको उत्तराधिकारी हामी हौं : माधव नेपाल

२०८० पुष ११, बुधबार

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले २००६ सालामा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीको उत्तराधिकारी आफ्नो पार्टी भएको दाबी गरेका छन् । ललितपुरमा जारी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै कम्युनिष्ट पार्टीको वास्तविक उत्तराधिकारी भएकाले आफूहरूले १० औं महाधिवेशन गर्न लागेको बताए ।

यद्यपि, नेकपा एसले गर्न लागेको यो महाधिवेशन पहिलो हो । एमालेले यसअघि नै १० औं महाधिवेशन गरिसकेको छ । तर, अध्यक्ष नेपालले एमाले फुटाएर नयाँ पार्टी बनाएको भएपनि उत्तराधिकारी आफ्नो पार्टी भएको जिकिर गरे ।

उनले भने, ‘हामी नेकपा एकीकृत समाजवादीको १० औं महाधिवेशन आयोजना गर्ने बिन्दुमा उभिएका छौं । हामीले १० औं महाधिवेशन किन भनिरहेका छौं भने नेपाल कम्युनिष्ट पार्टी जुन २००६ सालमा स्थापना भएको हो । त्यसको उत्तराधिकारी हौं । विभिन्न बेलामा यस्ता समय आएका छन् जतिबेला हामीले नयाँ क्रान्तिकारी धारलाई समात्दै भइरहेको पार्टीबाट विद्रोह गरेर नयाँ पार्टी बनाउन परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार