आगलागीबाट घर जलेर नष्ट, बालकको मृत्यु

२०८० पुष ११, बुधबार

दार्चुला : दार्चुलाको नौगाड गाउँपालिका –३ होपरीगाडको लामिडेरास्थित एक घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको छ ।

आज बुधबार स्थानीय रणबीर (रन्बिर) टमटाको पत्थरले छाएको दुई तले घरमा आगो लागेपछि घर जलेर नष्ट भएको स्थानीय बसन्त ठगुन्नाले बताए ।आगलागीमा परेर रन्बिर टमटाका चार महिने छोरा विजयप्रकाश टमटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त कार्यालय प्रमुख एबं प्रहरी निरीक्षक गोबिन्द भण्डारीले जानकारी दिए ।

विजुली सर्ट भइ आगलागी भएको उनले बताए । घटनास्थलमा होपरीगाड प्रहरी चौकीबाट उद्धारका लागि प्रहरी टोली खटेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार