
काठमाडौं : धरानका मेयर हर्क साम्पाङले कार्यालयबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाउने चेतावनी दिएका छन् ।
सामाजिक सञ्जालमार्फत साम्पाङले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डको फोटो हटाएर प्रथम किराँती राजा यलम्बरको फोटो राख्ने चेतावनी दिएका हुन् । ‘भोलि म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु, उनले भनेका छन्, ‘जुन दिन केन्द्रले धरानलाई महत्त्व दिन्छ त्यो दिन पुनः उनीहरूको फोटो टाँस्नेछु ।’