
काठमाडौं : जाडोमा कसरी नुहाउने ? यो सबैका लागि चिन्ताको विषय हो ।
जाडोमा पानी नै छुन नपरे हुन्थ्यो भन्नेहरु पनि हुन्छन् । तर, जाडोयाममा लगाईने कपडाले अझै धेरै पसिना निकालेको हुन्छ । त्यसैले दिनहुँ नसकेपनि एक दिन बिराएर नुहाउनु पर्छ ।
नियमित शारीरिक अभ्यास गर्नेहरुले कपाल ननुहायता पनि शरीर भने सफा पानीले पखाल्नुपर्छ ।
जाडोमा तातो पानीले नुहाउँदा राम्रो हुने हामीले धेरै सुनेका छौँ । तर के हामीले विचार गरेका छौँ कहिल्यै पनि कपाल तातो पानीले नुहाउनु हुँदैन ।
यदी तातोपानीले कपाल नुहाउने बानी परेको छ भने आजैबाट त्यो बानी हटाउनुहोस् । तातोपानीले कपाललाई निकै रुखो बनाउँछ। कपाल झर्ने टुक्रिने हुन्छ । अनुहार र शरीरको छालाको लागि पनि तातो पानी उपयुक्त मानिँदैन । त्यस्तै धेरै चिसो पानीले पनि छालालाई राम्रो गर्दैन । त्यसैले, नुहाउनका लागि मनतातो पानीको व्यवस्था मिलाउनुपर्छ । नुहाउन राखिएको पानीमा केही मात्रामा नुन, तुलसीको पात राखौं । यस किसिमको मिश्रण भएको पानीले नुहाउँदा पनि रोगसँग लड्ने क्षमता बढाउँछ ।
अझ कतिपय मानिसको बानी हुन्छ कपालमा जे भेट्यो त्यसैको प्रयोग गर्ने । भनाइको तात्पर्य के हो भने कपालको लागि उपयोगी हुने स्याम्पु प्रयोग गर्नुपर्छ । चिसो कपाललाई झट्कार्ने वा तौलिया बेरीरहनु हुँदैन । तर याद राख्नुहोस् जाडोबाट बच्न भन्दै कपाल हेयर डायरले सुकाईरहने बानी पनि राम्रो होईन । यसो गर्दा कपाल रुखो हुनसक्छ ।
नुहाइसकेपछि शरीरको हरेक अंगमा तौलियाले राम्ररी पुछ्नुपर्दछ । अनि लोसनको प्रयोग गरी मालिस गर्नुपर्छ । मसाजले रक्तसञ्चार पनि बढाउँछ ।
यस्तो क्रिया जाडोको लागि एकदमै उपयोगी कुरा हो । त्यसपछि सफा कपडा लगाएर केहिबेर शरीरको पछाडी भागमा घाम पारेर न्यानो बनाउन सकिन्छ । अनि घाम ताप्दै नङ सफा गरी काट्न सकिन्छ । कानको फोहोर निकाल्न सकिन्छ । तर दिउँसोको घाममा धेरैबेर बस्नु हुँदैन ।
हामी आफ्नो शरीरलाई बाहिरबाट स्वच्छ र सफा राख्नको लागि नुहाउनु आवश्यक हुन्छ। तर कुरा आउँछ उचित समयको! कुन बेला नुहाउनु उचित हुन्छ- विहान या बेलुका?
“विहान नुहाउने या बेलुका, यो त व्यक्तिको व्यक्तिगत रुचीमा भर पर्ने कुरा हो।”, हार्भर्ड युनिभर्सिटीका मनोवैज्ञानिक ‘शेली कार्सन’ भन्छिन्- “तर विहान नुहाउनुको आफ्नै फाइदा र बेफाइदा हुन्छ भने बेलुका नुहाउँदा पनि व्यक्तिले दुवै फाइदा र बेफाइदा भोग्नुपर्ने हुन्छ।”