
काठमाडौं : आज सुनको मूल्य तोलामा १३ रुपैयाँले बढेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २० हजार ७ सय रुपैयाँ कायम भएको थियो । बिहीबार प्रतितोला १३ सय रुपैयाँले बढेर १ लाख २२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख २१ हजार ४०० सय रुपैयाँ कारोबार भएको छ ।
आज चाँदी पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ४९० रुपैयाँमा कारोबार भइरहेको हो ।