प्रधानमन्त्री कप महिला टी- २०: कोशीले सुदूरपश्चिमलाई ८ विकेटले हरायो

२०८० पुष १२, बिहीबार

काठमाडौं।: जारी प्रधानमन्त्री कप महिला टी-२० क्रिकेट प्रतियोगिता अन्तर्गत कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ। बिहीबार सम्पन्न खेलमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गरेको हो।

सुदूरपश्चिम प्रदेशले दिएको ११९ रनको लक्ष्य पछाएको कोशी प्रदेशले १७.४ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो। यस अघि सुदूरपश्चिमले पहिला ब्याटिंग गर्दै २० ओभरमा ३ विकेट गुमाएर ११८ रन बनाएको थियो।

यो जितसँगै कोशी प्रदेशको ६ खेलमा ५ जित र एक हारसहित १० अंक भएको छ। यो जितपछि कोशी प्लेअफमा पुग्ने निश्चित भएको छ। त्यस्तै सुदूरपश्चिम प्रदेशको भने ६ खेलमा ८ अंक रहेको छ र सुदूरपश्चिमको प्लेअफको सम्भावना कायम रहेको छ।

अब कोशी प्रदेशले लिग चरणको अन्तिम खेलमा शनिबार लुम्बिनीको सामना गर्ने छ भने सुदूरपश्चिम प्रदेशले शनिबार लिग चरणको अन्तिम खेलमा गण्डकी प्रदेशसँग खेल्ने छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार