अवैध १९ लाखसहित एकजना मोरङमा पक्राउ

२०८० पुष १२, बिहीबार

विराटनगर : मोरङमा स्रोत नखुलेको १९ लाख ९० हजार रूपैयाँसहित सुनसरी देवानगन्ज गाउँपालिका–५ बस्ने ४९ वर्षीय सुरेन्द्रप्रसाद साह पक्राउ परेका छन्।

विराटनगर महानगरपालिका–६ केशलिया मार्गमा को ७ प ५२२१ नम्बरको मोटरसाइकलमा सवार उनलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले बुधबार पक्राउ गरेको हो।

साहबाट बरामद गरिएको नगद र मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि राजश्व अनुसान्धान कार्यालय इटहरी सुनसरी पठाइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार