पशुपतिनाथ मन्दिरको बैंक ब्यालेन्स २ अर्ब ७८ करोड

२०८० पुष १२, बिहीबार

काठमाडौँ : हिन्दुहरूको प्रमुख आस्थाको केन्द्रको रुपमा रहेको पशुपतिनाथ मन्दिरको भेटी, भाडा तथा बैंक व्याजबाट उठेको कूल २ अर्ब ७८ करोड रुपमा बैंकमा मौज्दात रहेको छ ।

बिहीबार प्रतिनिधि सभाअन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव राजकुमार खत्रीले कोषका नाममा खोलिएका विभिन्न बैंकका खातामा मुद्दती, अक्षयकोष र बचत रकम गरी सो मात्राको रकम रहेको जानकारी दिए । चल्ती र बचत खातामा ४१ करोड रुपैयाँ रहेको छ भने अक्षयकोष तथा मुद्धति खातामा २ अर्ब ३७ करोड रुपैयाँ रहेको छ ।

पशुपतिको जग्गा एयरपोर्टसम्म रहेको र त्यहाँ नागरिक उड्डयन प्राधिकरणले जग्गा प्रयोग गरेकोले त्यसबापत १ करोड रुपैयाँ वार्षिक भाडा आउने उनले जानकारी गराए । यस्तै तारागाँउ विकास समितिले वार्षिक ४९ हजार ६ रोपनि जग्गा भाडा बापत दिने गरेको उनले उल्लेख गरे ।

पशुपति क्षेत्र घुम्न आउने तेस्रो मुलुकका पर्यटकबाट मात्रै  दैनिक ५ देखि ६ लाख रुपैयाँसम्म भेटी संकलन हुने खत्रीले जानकारी दिए । दैनिक भेटी पर्यटनबाट र पशुपति क्षेत्रका सटर पसल भाडाबाट आएको रकम नै आम्दानीको मुख्य स्रोत रहेको उनले बताए । दैनिक भेटी संकलन गर्न ९ वटा घ्याम्पा राखिएको र हरेक दिन गनेर बैंकमा जम्मा गर्ने गरिएको खत्रीले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार