१६ जना डिआइजीको सरुवा, को कहाँ ?

२०८० पुष २४, मंगलवार

काठमाडौं : नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ । गृह मन्त्रालयमा मंगलबार बसेको गृहमन्त्रीस्तरीय बैठकलेप्रहरी नायव महानिरीक्षक (डीआईजी)हरूको काज सुरूवा गरेको हो । जसअनुसार सबै प्रदेशका प्रहरी कार्यालय  प्रमुख पनि फेरिएका छन् ।

गृह मन्त्रालयले अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालमा कार्यरत डीआईजी चन्द्र कुबेर खापुङलाई  कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर सरूवा गरेको छ भने प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो महाराजगञ्जमा कार्यररत यज्ञ विनोद पोखरेललाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर काज सुरूवा गरिएको छ ।

यस्तै गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत डीआईजी बुद्धिराज तामाङलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा ल्याइएको छ भने बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत डीआईजी किरण राणालाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्ज तानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार