कोशीका सभामुख विष्टले लिए शपथ

२०८० पुष २४, मंगलवार

काठमाडौँ : कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले शपथ लिएका छन ।

मंगलबार प्रदेशसभाबाट सभामुखमा निर्वाचित भएका विष्टले प्रदेश प्रमुख परशुराम खापुङबाट पद तथा गोपनियताको शपथ लिएका हुन । राप्रपाका समानुपातिक सांसद विष्ट सत्तारुढ गठबन्धन दल र नेकपा एमालेको समर्थनमा सभामुख बनेका हुन ।

सभामुखको शपथग्रहण समारोहमा मुख्यमन्त्री केदार कार्की, उपसभामुख सृजना दनुवार लगायत उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार