बम्जनको घरबाट ३ करोड भन्दा बढी नगद बरामद

२०८० पुष २५, बुधबार

काठमाडौं। हत्या, बलात्कारजस्ता आरोपमा पक्राउ परेका रामबहादुर बम्जनको बुढानीलकण्ठस्थित निवासबाट ३ करोड रुपैयाँभन्दा बढी नगद बरामद भएको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) बुढानीलकण्ठस्थित बम्जनको घरबाट ३ करोड ३ लाख ७५ हजार रुपैयाँ बरामद भएको जनाएको छ। सीआईबी प्रमुख किरण बज्राचार्यले केही मात्रामा विदेशी मुद्रा पनि बरामद भएको जानकारी दिइन् । ‘त्यसबाहेक १५ वटा मोबाइल, ल्यापटप र ३० भन्दा बढी पेन ड्राइभ पनि बरामद भएको छ’, एआईजी बज्राचार्यले भनिन् ।

लिटिल बुद्ध उपनामले परिचित बमजन मङ्गलवार साँझ पक्राउ परेका थिए । सीआईबीले केही वर्षयता निरन्तर उनको खोजी गरिरहेको छ। बमजनलाई आज अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार