किसानलाई ५० प्रतिशत अनुदानमा प्लाष्टिक टनेल

२०८० माघ १३, शनिबार

कञ्चनपुर : व्यावसायिक तरकारीखेतीमा संलग्न कृष्णपुर नगरपालिका–६ का एक सय १० किसानलाई ५० प्रतिशत अनुदानमा प्लाष्टिकको टनेल उपलब्ध गराइएको छ । तरकारीखेती गर्नमा सघाउ पु¥याउनका लागि वडा कार्यालयले चालु आवको स्वीकृत कार्यक्रमअन्तर्गत रु तीन लाख बजेटमा किसानलाई टनेल उपलब्ध गराएको हो ।

“व्यावसायिक तरकारीखेतीमा संलग्न तत्काल प्लाष्टिक टनेल निर्माण गर्नुपर्ने अवस्थाका किसानलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रममा सहभागी गराएका छौँ”, वडाध्यक्ष बाबुराम चौधरीले भने , “टनेल माग गरेका अन्य ९९ जनालाई पनि प्राथमिकतामा राखेर कार्यक्रममा समेट्छौँ ।” त्यसका लागि आवश्यकपर्ने बजेटको व्यवस्था गरिने उनिले बताए ।

नगरपालिको वडा नं ६ को सिंहपुर, बालुवाफाँटालगायत तरकारी पकेट क्षेत्रका रुपमा रहेको छ । वडाका अधिकांश किसानले व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । जिल्लाको तरकारीको आधा माग वडामा उत्पादन हुने तरकारीले धानिँदै आएको वडाध्यक्ष चौधरीले बताए ।

यसैगरी आजै वडाबाट पाँच सय किसानलाई रु दुई लाख मूल्य बराबरको लौका, करेला, भिन्डी, प्याज, फर्सीलगायतका बेमौसमी तरकारीको बीउ निःशुल्करुपमा उपलब्ध गराइएको छ । “किसानलाई व्यावसायिक तरकारीखेती गर्नमा सहजता ल्याउनका लागि बीउ र प्लाष्टिक टनेल वितरण गरेका हौँ”, उनिले भने , “अर्को आवमा पनि किसानको मागअनुसारका कार्यक्रम सञ्चालन गर्नका लागि योजना बनाउँछौँ ।”

वडामा रहेका थारु गाउँका भलमन्साका लागि एक÷एक स्टील दराज वितरण गर्ने कार्य रहेको उल्लेख गर्दै उहाँले एक दुई दिनभित्रै वितरण गरिने बताउनुभयो । यस्तै वडाका ४० महिलालाई व्यवसायउन्मुख गराउनका लागि युनिक नेपालको सहयोगमा सिलाइकटाइ तालिम सञ्चालन गरिरहेको उहाँले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार