दुई दिनदेखि धनगढीको हवाई सेवा अवरुद्ध

२०८० माघ १३, शनिबार

धनगढी : धनगढीको मौसममा आएको खराबीका कारण दुई दिनदेखि हवाई सेवा प्रभावित भएको छ। बाक्लो हुस्सुका कारण शनिबार धनगढी-काठमाडौंको कुनै पनि उडान भएन भने शुक्रबार धनगढी-काठमाडौं एउटामात्र उडान भएको थियो। ल्यान्डिङका लागि विमानस्थल नखुलेका कारण काठमाडौंबाट उडने ६ वटा उडानहरू रद्द भएका हुन्।

श्री एयरलाइन्सको बि‍हीबार देखि धनगढीमै रहेको जहाज मात्रै शुक्रबार दिउसो काठमाडौंका लागि उडेको हो। शुक्रबार पनि विहान ७:१५ बजेको उडान तालिकामा रहेको जहाज बाक्लो हुस्सुका कारण विमानस्थल नखुलेपछि दिउँसो १ बजेपछि मात्रै उडेको श्री एयरलाइन्सका धनगढी शाखा म्यानेजर गजेन्द्र शाहीले बताए।
धनगढीबाट उडान भर्नका लागि भने एक हजार मिटरसम्म विमानस्थल आँखाले देखिने हुनुपर्छ भने जहाज अवतरणका लागि कम्तीमा पनि १७ सय मीटरसम्म देखिने वातावरण चाहिन्छ। शुक्रबार अवतरणका लागि आवश्यक १७ सय मिटर नपुगेकाले काठमाडौंबाट कुनै पनि जहाज धनगढी नआएको विमानस्थलका टावर प्रमुख दिपक भट्टले जानकारी दिए।
शनिबार पनि बाक्लो हुस्सुका कारण विमानस्थल खुलेका छैन। विमानस्थल नखुलेपछि काठमाडौंबाट धनगढीका लागि उडने सबै ६ वटा उडानहरु रद्द भएका छन्। बुद्ध एयरका २ वटा र श्री एयरका ४ वटा गरी सबै उडान रद्द भएका विमानस्थलले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार