माडीमा ‘तेस्रो प्रदेश युवा सम्मेलन २०२४’ सुरु

२०८० माघ १४, आईतवार

चितवन : बागमती प्रदेशका मुख्यमन्त्री माननीय शालिकराम जम्कट्टेलद्वारा “प्रदेश युवा सम्मेलनः २०२४” को औपचारिक रुपमा उद्घघाटन भएको छ । ’उद्यमी युवा समृद्ध देश : दिगो विकास लक्ष्यमा समान परिवेश’ भन्ने मुल नाराका साथ नेपाल युवा परिषदद्वारा चितवनको माडीमा माघ १३ देखि १५ गतेसम्म आयोजित कार्यक्रममा बागमती प्रदेशका १३ वटै जिल्लाबाट १८ देखि ३५ वर्ष उमेर समुहका करिव २०० युवाहरुले सहभागिता जनाएका छन् ।

नेपाल युवा परिषदका संस्थापक एवं केन्द्रिय अध्यक्ष सरोज बानियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि माननीय मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शुभकामना मन्तव्य दिने क्रममा “बागमती प्रदेशसँग थुप्रै कार्यक्रमहरु छन्, प्रशस्त बजेट छ, आउनुहोस् सहकार्य गरौं । हामी सदैव हजुरहरुको लागी तयार छौं, हामीले सक्छौं, हामीले सक्ने हो र हामीले नै हाम्रो देश बनाउने हो, त्यसैगरी स्थानीय उत्पादन र कृषि उद्यमशीलतालाई जोड दिदै सामुहिक खेती गर्न सके अर्थाेपार्जन गर्न सकिन्छ र युवाहरुले सामुदायिक भावना सहित कृषि गर्ने सोच लिई प्रदेश सरकारसँग बिशेष योजना बनाई आउन बिशेष अनुरोध समेत गरेका थिए” ।

कार्यक्रममा बिशेष अतिथि प्रदेश सभा सदस्य माननीय ठाकुर प्रसाद ढकालले यस माडी क्षेत्रमा प्रदेश युवा सम्मेलन आयोजना गरेकोमा आयोजकलाई धन्यबाद दिदै यस सम्मेलनले उत्कृष्ट कार्ययोजना बनाउन सक्नेछ भन्ने अपेक्षा गरेको कुरा व्यक्त गरेका थिए । मन्तव्य कै क्रममा वाईसिएल नेपालका केन्द्रीय कोषाध्यक्षले प्रदेश युवा सम्मेलनको सफलताको शुभकामना दिदै यो सम्मेलनबाट बागमती प्रदेशको नयाँ योजना बनाउन उर्जा प्राप्त होस् भन्ने कामना दिदै आफ्नो मन्तव्य दिनु भएको थियो । त्यसै गरी युवा संघ नेपालका केन्द्रीय सदस्य अमृता भट्टराईले बिदेशका अग्ला तथा गगनचुम्नी भवनहरुलाई धेरै भन्दा धेरै पर्यटकहरु आफनो देश भ्रमण गराई आर्थाेपार्जन गरीरहेको छ तर हाम्रो देश नेपालमा सगरमाथा छ लुम्बिनी छ र पनि हामीले भने अनुरुपको अर्थाेपार्जन गर्न सकिरहेको छैन र हामीले त्यसतर्फ ध्यान दिदाँ मुलुकै लागि राम्रो हुने कुरा बताए । कार्यक्रममा तरुण दलका केन्द्रीय सदस्य निर्मलराज पौडेलले नयाँ युवा र नविनतम सोच भएका युवाहरु राजनितिमा आउनुपर्छ र माडीबाट सहभागी युवाहरुले उद्यमशीलताको कुरा नयाँ सोचका कुरा लिएर जानेछ भन्ने आशा लिएको छु भन्ने कुरा बताए ।

ग्लोबल युथ पार्लामेण्टका अध्यक्ष दिवाकर अर्यालले कार्ययोजना बन्छ र बन्नु ठुलो कुरा होईन त्यसको कार्यान्वयन सबैभन्दा ठुलो कुरा हो र आयोजकहरुले पनि कार्यान्वयन गराउन तर्फ ध्यानाकर्षण गरेका थिए ।

कार्यक्रममा युवाहरुले दिगो विकासको लक्ष्य, युवा उद्यमशिलता,  हामस्टे र रैथाने बिचहरुको सम्बन्ध, निर्वाचनमा युवा, सुशासन, दिगो पर्यटन एवं जलवायु परिवर्तनको विषयहरुमा गहन छलफल गर्नुका साथै जिल्लागत तथा प्रादेशिय कार्ययोजना समेत तयार हुनेछ । कार्यक्रमको पहिलो दिन हुने सांस्कृतिक साँझले युवाहरुको सक्रिय सहभागिता बढाउनेछ । विभिन्न सिमान्तकृत समुदाय, बिशेष क्षमता भएका समुदायको सहभागिता तथा महिला पुरुषको वरावर सहभागिताले सम्मेलनलाई समावेशितामा जोड दिइएको छ । प्रदेश भित्रको स्थानीय संस्कृति तथा स्थानीय उत्पादनको चिनारी तथा प्रवर्धनमा जोड दिइनेछ । माघ १५ गते माडी घोषणा पत्र जारी गर्दै कार्यक्रमको समापन हुनेछ ।

कार्यक्रममा विशेष अतिथिका रुपमा प्रदेश सभा सदस्य माननीय ठाकुर प्रसाद ढकाल तथा माडी नगरपालिकाकि प्रमुख तारा कुमारी काजी महतो आएका थिए। कार्यक्रममा विभिन्न राजनीतिक दलका केन्द्रिय प्रतिनिधिहरुको सहभागित रहेको थियो ।

’उद्यमी युवा समृद्ध देश: दिगो विकास लक्ष्यमा समान परिवेश’ भन्ने मुल नाराका साथ नेपाल युवा परिषद  र मास्टरपिस एन. वाइ. सि नेपालद्वारा चितवनको माडी क्याम्पसमा माघ १३ देखि १५ गतेसम्म आयोजित कार्यक्रममा बागमती प्रदेशका १३ वटै जिल्लाबाट १८ देखि ३५ वर्ष उमेर समुहका करिव २०० युवाहरुले सहभागिता जनाएका छन््र कार्यक्रममा युवाहरुले दिगो विकासको लक्ष्य, युवा उद्यमशिलता, निर्वाचनमा युवा,  सुशासन,  दिगो पर्यटन एवं जलवायु परिवर्तनको विषयहरुमा गहन छलफल गर्नुका साथै जिल्लागत तथा प्रदेशिय कार्ययोजना समेत तयार हुनेछ । कार्यक्रमको पहिलो दिन हुने सांस्कृतिक साँझले युवाहरुको सक्रिय सहभागिता बढाउनेछ । विभिन्न सिमान्तकृत समुदाय, बहिरा समुदायको सहभागिता तथा महिला पुरुषको वरावर सहभागिताले सम्मेलनलाई समावेशितामा जोड दिइएको छ । प्रदेश भित्रको स्थानीय संस्कृति तथा स्थानीय उत्पादनको चिनारी तथा प्रवर्धनमा जोड दिइनेछ। माडी १५ गते माडी डिक्लेरेसन घोषणा गर्दै कार्यक्रमको समापन हुनेछ ।

यस कार्यक्रमको सहआयोजकमा माडी नगरपालिका र बास नेपाल रहेको थियो भने होमस्टे महासंघ नेपाल, रैथाने एग्री प्रडक्ट्स नेपाल र टुरिजम फर पर्सपरेटी सहाकार्य रहेको छ । एनसेलको बिशेष सहयोग रहेको यस कार्यक्रममा कोकाकोला नेपालले पनि सहयोग र सहकार्य गरेको थियो । यस लगायत अन्य बिभिन्न संघसंस्थाहरुले सहयोग गरी यस तेस्रो प्रदेश युवा सम्मेलन २०२४ आयोजना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार