
काठमाडौँ : भारतको बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारले पदबाट राजीनामा दिएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनले आज (आइतबार) बिहान राज्यपाल राजेन्द्र अर्लेकरसँग भेटेर मुख्यमन्त्री पदको राजीना बुझाएका हुन्।
त्यसपछि उनले सञ्चारमाध्यमसँग भने, ‘आज मैले पदबाट राजीनामा दिएको छु। हामीले पार्टीका जनताको कुरा सुनेर सरकार अन्त्य गर्ने प्रस्ताव राख्यौँ। आज गठबन्धनबाट अलग भयौँ।’