१४ महिनामै १३ पटक मन्त्रिमण्डल पुनर्गठन

२०८० फाल्गुन २२, मंगलवार

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार गरेको मन्त्रिमण्डल पुनर्गठन १३औं पुनर्गठन हो। यसअघि दाहालले १२ पटक मन्त्रिमण्डल पुनर्गठन गरिसकेका छन्। यसैगरी अहिलेसम्म उनले दुई पटक विश्वासको मत लिइसकेका छन्।

२०७९ पुस १० मा दाहाल प्रधानमन्त्रीका रूपमा नियुक्त भएका थिए। त्यसको भोलिपल्ट २०७९ पुस ११ मा उनले पहिलो मन्त्रिमण्डल पुनर्गठन गरेका थिए । दाहालले २०७९ पुस ११, माघ ३, माघ १४, माघ २३, फागुन १४, फागुन १६, चैत १७ मा मन्त्रिमण्डल विस्तार गरेका छन्।

यी दललाई सहभागी बनाएर दाहालले २०७९ पुस ११ मा मन्त्रिमण्डल बनाए। त्यसको एक महिनापछि रास्वपा सरकारबाट बाहिरियो। २०७९ फागुन १३ मा राप्रपा पनि सरकारबाट बाहिरियो। त्यसको दुई दिनपछि फागुन १५ मा एमाले सरकारबाट बाहिरियो। २०७९ चैत १७ मा गरिएको पुनर्गठनमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी सरकारमा सहभागी भए।

त्यतिबेला जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले मात्र सरकारको विपक्षमा मत दिएका थिए। दाहालले दोस्रो पटक २०७९ चैत ६ मा विश्वासको मत लिएका थिए। त्यतिबेला उनलाई एमाले र राप्रपाले विश्वासको मत दिएका थिएनन्। सोमबार दाहालले गरको मन्त्रिमण्डल पुनर्गठनमा नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) सहभागी भएका छन् भने नेपाली कांग्रेस, नेकपा (एस) लगायतका दल सरकारबाट बाहिरिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार