नयाँ कृषि सहकारीका उपाध्यक्ष र कोषाध्यक्ष पक्राउ

२०८० चैत्र २७, मंगलवार

काठमाडौँ : काठमाडौँस्थित नयाँ कृषि सहकारीका थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उपाध्यक्ष लिलाबहादुर गुरुङ र कोषाध्यक्ष नविन अछामी छन्। सीआईबीले चैत १८ मा कोषाध्यक्ष रामअघि अधिकारीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। उनीविरुद्ध सहकारीको रकम हिनामिना गरेको कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको सीआईबीका एआईजी श्यामलाल ज्ञवालीले हाम्रोदेशलाई बताए। नयाँ कृषिको सञ्चालक समितिका सदस्य दुर्गा चापागाईं बुटवलमा थुनामा छन्। सुप्रिम सहकारी ठगी प्रकरणमा थुनामा रहेका उनलाई सीआईबीले काठमाडौँमा झिकाएर बयान लिएको छ।

सहकारी विभागले गत असोजमा सो सहकारीबारे अनुसन्धान गर्न सीआईबीलाई पत्राचार गरेको थियो। कृषि सहकारीको सञ्चालक समिति सदस्य जीबी (गितेन्द्रबाबु) राईसहित दुईजना फरार छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार