नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ : शशांक कोईराला

२०८० चैत्र २७, मंगलवार

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली काँगेसका नेता डा. शशांक कोईरालाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन् ।

मंगलवार प्रतिनिधि सभा बैठकपछि संसद भवन परिसरमा उहाँले सहकारीको ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री लामिछानेले नैतिकताको आधारमा पनि सो पदमा बस्ने नमिल्ने टिप्पणी गरे । आफूमाथि लागेको आरोपको छानविनबाट स्पष्टिकरण पाए उहाँ फेरि मन्त्री बन्नसक्ने नेता कोईरालाको भनाई थियो।

‘गृहमन्त्रीबारे आरोप होइन, त्यो सत्य कुरा हो नि । उसको माथि जुन आरोप छ। त्यसमा छानविन हुनुप¥यो । उहाँले पदबाट राजीनामा गर्र्नुप¥यो’उनले भने, उहाँको पदबाट राजीनामा भयो भने स्पष्टिकरण पाएपछि त उहाँले फेरी मन्त्री बन्न सकिहाल्नु हुन्छ नि। जबसम्म उहाँ आरोपित हुनुहुन्छ, उहाँले त्यो पदभार सम्हाल्न नैतिकताले दिँदैन ।’

उनले २०४६ सालपछिको सबै घोटाला काण्डको छानविन गर्नुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको मागप्रति पनि आफूहरुको कुनै आपत्ति नरहेको बताए। नेता कोईरालाले संसदमा उच्चस्तरीय छानविन समिति बनाएर विगतमा भएका सबै घोटालाहरुको छानविन गर्न उपयुक्त हुन्छ भन्ने आफ्नो पार्टीको धारणा रहेको बताए । ‘हामीले पनि त्यही भन्यौ कि एउटा उच्चस्तरीय पार्लियामेन्टरी कमिटी बनाउनु पर्छ । त्यो समितिले अरु कुराहरु पनि हेरिहाल्छ नि। होइन र ? एउटा समिति बनाएपछि त विभिन्न किसिमका कुराहरु आउँछन’ उनले थपे,‘अरु इस्युहरु पनि आईहाल्छ नि । त्यसमा हाम्रो केही आपत्ति छैन।’

नेता कोईरालाले काँग्रेस कुनैपनि घोटाला प्रकरणलाई थाँति राखेर संसद चल्न दिने पक्षमा नरहेको पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार