काठमाडौँ : राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले पार्टीले मंगलबार काठमाडौँमा गरेको प्रदर्शनमाथि प्रहरी बल प्रयोग गरेकोमा आपत्ति जनाएका छन् । शाहीले बुधबार प्रतिनिधिसभामा बोल्दै गृहमन्त्रीको कदमप्रति कडा आपत्ति जनाएका हुन् ।
‘अमेरिका बसेर आएका गृहमन्त्रीलाई रविलाई ह्वाइट हाउस अगाडि प्रदर्शन गर्न पाइन्छ कि पाइँदैन ? निषेधाज्ञा कहाँ गर्ने भनेर थाह छ कि छैन ?’, सदनमा आक्रोशित हुँदै उनले भने, ‘जब मान्छे सकिने बेला आफ्नो घरमा आगो लगाउँछ । हिजो काँध थाप्नेलाई तपाईँले आज पिट्नुभएको छ । गृहमन्त्रीको कदमको घोर भर्त्सना गर्छु ।’
२०४७ सालदेखिको फाइल खोल्छौँ भनेकोप्रति असहमति जनाउँदै उनले चाबी आफ्नै हातमा भएकाले अहिले नै फाइल खोल्न चुनौती दिएका छन् ।