काठमाडौं : बागमती नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–१ ओख्रेनी चिलाउनेस्थित बागमतीमा डुबेर १९ वर्षीय युवक अनिल खड्काको मृत्यु भएको हो ।
पौडी खेल्ने क्रममा डुबेर रामेछापको उमाकुण्ड गाउँपालिका–२ घर भई काठमाडौं सितापाईला बस्दै आएका खड्को मृत्यु भएको प्रहरीले जनाएको छ ।