
काठमाडौं : मनकामना केबलकार भोलि एक दिनका लागि बन्द हुने भएको छ।
केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले यही वैशाख ७ गते शुक्रबारका दिन केबलकारको सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रा.लि.ले जनाएको छ। सेवा शनिबारदेखि नियमित सञ्चालनमा आउने प्रा.लि.का नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए।